Monday, September 13, 2021

घामको माया जुनको माया (Ghamko Maya....) Lyrics Prasant Tamang

(घामको माया जुनको माया अझै धेरै उनको माया)2

(सम्झी आए साथी संगी)X2  ईस्ट मित्र दायाँबायाँ

घामको माया जुनको माया अझै धेरै उनको माया


धरती कै देवी तिमी स्वर्गकी परी

हो... धरती कै देवी तिमी स्वर्गकी परी

पोखी दियौ सारा खुसी मैरै काख भरी

(सागरसरी हृदयमा हो...)2 पिरतीकी खानी

को होला र दुनियामा म झै भाग्यमानी

सपनी झै मलाई देख्दा कति खुसी हुन्छिन होला

(खुसी थाम्न नसकेर)X2 झम्तिएर रुन्छिन होला

घामको माया जुनको माया अझै धेरै उनको माया


मैले पढ्ने पाठशाला त्यो लेख्ने खरी पाटी

हो... मैले पढ्ने पाठशाला त्यो लेख्ने खरी पाटी

धेरै भयो नभेटेको बाला दिनको साथी

(जन्मदिने आमा मेरी हो..)X2 कर्म दिने गुरु

यही माटोमा भयो मेरो जिन्दगानी सुरु

साईको माया घरको माया

अझै धेरै अर्को माया

(त्यही मायाको मोहनीले हो)2 लाहुरे घर फर्क्यो माया

घामको माया जुनको माया अझै धेरै उनको माया


Ghamko Maya Junko Maya......

Movie : Gorkha Paltan

Singer : Prasant Tamang

Music : B.B Anuragi

Lyrics : Sanjeevani Minu

No comments:

Post a Comment