Sunday, April 21, 2019

बच्चाको समस्याका लागि उपचार केन्द्रमा कहिले फर्किने ?

         रेक आमा-बुबा वा स्वास्थ्यकर्मीलाई बच्चाको समस्याहरुको लागि उपचार केन्द्रमा अनुगमन भेटका लागि कहिले जाने/आउने भन्ने कुरा थाहा नहुन सक्छ । त्यसैले तल दिईएको समस्याहरुको आधारमा सबैभन्दा छोटो समयमा उपचार केन्द्रमा जानुपर्दछ ।

३ दिनमा अनुगमनको लागि जाने
- न्युमोनिया
- आउँ रगत
- औलो : यदि ज्वरो रहिरहेमा
- ज्वरो : औलोको सम्भावना नभएको, ज्वरो रहिरहेमा
- ज्वरो : औलो नभएको, ज्वरो रहिरहेमा
- आँखा वा मुखको जटिलता सहितको दादुरा

५ दिनमा अनुगमनको लागि जाने
- दीर्घ झाडापखाला
- कानको एक्युट संक्रमण
- कानको दीर्घ संक्रमण
- खाना सम्बन्धी समस्या
- कुनै अन्य रोग, यदि सुधार नभएमा

१४ दिनमा अनुगमनको लागि जाने
- रक्तअल्पता

३० दिनमा अनुगमनको लागि जाने
- उमेर अनुसार धेरै कम तौल भएमा

नोट : यदि बच्चाले पिउन वा स्तनपान गर्न नसकेमा, झन विरामी भएमा, सास छिटोछिटो फेरेमा वा कठिनाई भएमा, दिसामा रगत देखिएमा र अन्य गम्भीर लक्षणहरु देखिएमा तुरुन्त उपचार केन्द्रमा फर्कनु पर्दछ ।

[ साभार : CB-IMNCI TREATMENT CHART BOOKLET 2073 ]

No comments:

Post a Comment