Tuesday, April 9, 2019

नवजात शिशु स्याहारका मुख्य ५ सन्देशहरु

१. नवजात शिशुलाई जन्मनासाथ नरम, सफा र सुख्खा कपडाले पुछ्ने र अर्को नरम सफा कपडाले बेरी न्यानो पारेर राख्ने ।

२. नवजात शिशुलाई न्यानो पारिराख्न आमाको नाङ्गो छातीमा टाँसेर राख्ने ।

३. नवजात शिशुलाई सकेसम्म छिटो, जन्मेको १ घण्टा भित्रै विगौती दूध खुवाउनु पर्छ ।

४. नाभि काटी सकेपछी सङ्क्रमणबाट जोगाउन नाभि मलम लगाई नाभीलाई सुख्खा राख्ने ।

५. नवजात शिशुलाई शिताङ्ग हुनबाट बचाउन जन्मेको २४ घण्टासम्म ननुहाईदिने ।

[ साभार : CB-IMNCI TREATMENT CHART BOOKLET, 2073. ]

No comments:

Post a Comment