Monday, December 3, 2018

कथा : मुसा मार्ने मुसादानी

                उटा मुसा किसानको घरमा दुलो बनाएर बसेको रहेछ, एकदिन मुसाले देखेछ कि किसान र उसको पत्नीले झोलाबाट केहीकुरा निकालिरहेको छ, मुसाले सोचेछ केही खानेकुराको सामान होला ! उत्सुकतावश नियाल्दाखेरी उस्ले देख्यो कि त्यो एउटा मुसा मार्ने मुसादानी रहेछ ! खतराको महसुस गरेर उसले पछाडी गएर परेवालाई बतायो कि घरमा मुसा मार्ने मेसिन आईसकेको छ ! परेवाले मजाक उडाउँदै भनेछ कि "मलाई के को टेन्सन ? म थोरै त्यसमा फँस्छु !" निरास मुसाले यो कुरा भालेलाई बतायो, भालेले खिल्ली उडाउँदै भनेछ "जा ! भाई यो मेरो समस्या होईन" । फेरी हतास मुसाले गोठमा गएर खसीलाई यो कुरा बताएछ,, र खसी पनी हाँस्दै खिल्ली उडाउन थालेछ ।

त्यही रात मुसा मार्ने मेसिनमा खटखट आवाज आयो जसमा एउटा बिषालु सर्प फसेको रहेछ । अँध्यारोमा मुसा सम्झेर किसानको पत्नीले त्यसको पुच्छर समातेर निकाल्न खोज्दा सर्पले उनलाई डस्न पुगेछ ! स्वास्थ्य खराब भएपछी किसानले बैधलाई बोलाए, बैधले उनलाई परेवाको सुप पिलाउनको लागी सल्लाह दिए । परेवा अब भाँडोमा उम्लिरहेको थियो ! किसानको पत्नी बिरामी भएको खबर सुनेर किसानको नातेदारहरु पनी भेट्न आए । जस्को भोजन प्रबन्धमा
अर्को दिन भाले काटियो ! केही दिनको उपचार पछी किसानको पत्नी निको भएछ । किसानको पत्नी निको भएको खुशीयालीमा किसानले भोजमा खसी काटेर खुशी मनायो र अन्त्यमा खसी पनी काटियो ! त्यो बेला मुसा धेरै टाढा गईसकेको थियो ।

[त्यसैले कसैले तपाईँलाई आफ्नो समस्या बताउँदा तपाईँलाई लाग्छ कि यो मेरो समस्या होईन, तब अलिकति सम्झिनुस र सोच्नुस.. ]

No comments:

Post a Comment