Wednesday, October 3, 2018

बच्चालाई चुस्न लगाउने दुध या औंला ?

- तेजिन्द्र राना मगर
प्रमुख, देविस्थान स्वास्थ्य चौकी ।

                         र्खरै जन्मेका बच्चाहरुमा औला चुस्नु सामान्य मानिन्छ। हुनपनि यो झण्डै ५० प्रतिशत बच्चाहरुमा देखिन्छ। यसलाई सामान्यतया मेडिकल भाषामा फिङ्गर सकिङ्ग भन्ने गरिन्छ। अझै भन्नुपर्दा धेरैजसो बच्चाहरुले आफ्नो हातको बुढि औला चुस्ने भएकाले यसलाई थम्ब सकिङ्ग पनि भन्ने गरिछ। यो बानि सामान्यतया बच्चा ३ (तीन) वर्ष वा सोभन्दा बढीभएमा बिस्तारै हट्दै जानु पर्दछ।

यो व्यवहारिक रुपमा आउने समस्या हो । खासगरी, सानो उमेरमा आमाको दूध खान नपाएका बच्चाहरुमा औला चुस्ने बानी हुन्छ । सानो उमेरमा औंला चुस्ने बानीलाई बाबुआमाले समस्याको रुपमा लिँदैंनन् । औंला चुस्ने बच्चाले धेरै झगडा गर्दैन, औला चुस्नु राम्रो बानी हो भन्ने मान्यता छ हाम्रो समाजमा अझै छ। धेरैजसो अवस्थामा बाबुआमाको लापरवाहीले गर्दा यस्तो समस्या निम्तिएको हुन्छ। जस्ले पछि गएर स्कुल जान थालेपछि पनि बानी नहट्ने, औंला वा नङमा घाउ हुने वा बिस्तारै सुक्दै जाने, दाँतमा समस्या आउनेजस्ता समस्या देखिन सक्छन्। त्यसैले सकेसम्म त समस्या निम्तन नदिनु नै बुद्धिमानी मानिन्छ । ठुलो भइसकेको बच्चालाई आमाको दुध चुसाएर बानी हटाउने कुरा आउँदैन । त्यसैले सानो बेलामा राम्रोसँग आमको दूध चुसायो भने यो समस्या आउँदैंन।



यो बानि हताउन ध्यान दिनुपर्ने कुराहरु 
बच्चा सानो छडा राम्रोसँग आमको दूध चुसाउने।
औला चुस्ने बेलामा बच्चालाई बोलाउनुहोस्, ताकि उसले मुखबाट औला झिकेर तपाईसँग बोल्नमा ब्यस्त होस्।
तपाईको बच्चाले औला चुस्ने निश्चित समय पत्ता लगाउनुहोस् जस्तै: सुत्ने बेला, एक्लो भएको बेला, दुध लामोसमयसम्म नचुसेको बेला । त्यो समयमा विशेष ध्यान राखि उसलाई अरु कुरामा व्यस्त बनाउनुहोस्।
पछिसम्म पनि रहेमा साथीहरुसँग घुलमिल गराएर शारीरिक अभ्यास हुने खालका खेल खेल्न लगाएर सम्झाउँदैं बिस्तारै छुटाउन सकिन्छ ।
फुर्सदमा चित्र बनाउन लगाउने या कुनै न कुनै काम गर्न लगाउने हो भने पनि बानी छुटाउन सकिन्छ ।
विकल्पको रुपमा प्लास्टिकको औला वा फिङ्गर कभरको प्रयोग गर्न सकिन्छ।

अन्तमा याद राख्नुहोस् : बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध एकदमै महत्वपूर्ण हुन्छ । आमाको दूध खान नपाएका बच्चाहरुमा औंला चुस्ने, नङ टोक्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा ठूलो भएपछि यो समस्या हटेको हुन्न । त्यसैले बच्चालाई आमाको दूध खान दिई औंला चुस्ने अवस्था आउन नदिन परिवार र बाबुआमाले  ख्याल गर्नु अत्यन्त जरुरी छ ।

Source :
- स्वास्थ्यखबर डट कम : किन हुन्छ बच्चामा औंला चुस्ने बानी ?
- www.WebMD.com : Help Children Stop Thumbsucking: 9 Tips - WebMD
- www.BabyCentre.com
- www.ChildrensMD.com : Thumb Sucking and Finger Sucking: 11 ways to break the habit ...

No comments:

Post a Comment