Friday, June 29, 2018

साउनदेखि प्रयोगमा आउने एफ.आई.पी.भी. खोप के हो ?

                       फ.आई.पी.भी. पोलियो रोगबिरुद्द दिईने खोप हो, जस्को पुरा रुप फ्राक्सनल डोज अफ इनाक्टिभेटेड पोलियो भ्याक्सिन (Fractional dose of Inactivated Polio Vaccine - fIPV) हुन्छ ।  नेपाल सरकारले ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड एमिनाइजेसन (GAVI) को सहयोगमा पहिलो पटक एफ.आई.पी.भी. खोप प्रयोगमा ल्याउन लागेको हो । यो खोप शिशु जन्मिएको ६ हप्ता र १४ हप्तामा गरि दिईन्छ ।



म्याग्दीमा पनि आगामी साउनदेखि नै यो खोप प्रयोगमा आउनेछ । जसको लागि जिल्लाभित्रका स्वास्थ्यकर्मीहरुलाई धमाधम तालिम सन्चालन भैरहेको छ। मालिका, धौलागिरी र मंगला गाउँपालिकामा स्वास्थ्यकर्मीहरुलाई तालिम दिई सकेको छ भने बेनपा, रघुगंगा र अन्नपुर्णमा सन्चालन हुँदैछ।

एफ.आई.पी.भी. खोप बाँया पाखुराको माथिल्लो भाग छालाभित्र ०.१मिलि दिइन्छ। यो खोप शिशु जन्मिएको ६ हप्ता र १४ हप्तामा गरि २ पटक दिईने हुनाले र अरुको तुलनामा कम दुखाई हुने, धेरै असर पनि नहुने भएकाले यो खोपलाई एकदम सुरक्षित मानिएको छ । यस अघि आई.पी.भी. खोप प्रयोगमा ल्याइए पनि विश्वव्यापी रुपमै अभाव भएपछि सरकारले यसको सट्टामा एफ.आई.पी.भी. खोप प्रयोगमा ल्याउन लागेको हो । आफ्नो बच्चालाई पोलियोजस्तो प्राणघाटक रोगबाट बचाउन एफ.आई.पी.भी. खोप अनिबार्य लगाउन आवश्यक छ ।


No comments:

Post a Comment