✍ तेजिन्द्र राना मगर
प्रमुख, देविस्थान स्वास्थ्य चौकी
क्षयरोग नेपालमा मात्र नभएर विश्वमा नै जनस्वास्थ्य समस्याको रुपमा रहदै आएको छ । विश्वमा करिब १ करोड ४ लाख मानिसहरु क्षयरोगबाट ग्रसित छन भने नेपालमा कुल जनसंख्याको ८० हजार व्यक्तिहरु क्षयरोगबाट संक्रमित भएका छन् । ती संक्रमितमध्ये क्षयरोग-एच.आई.भी./एड्सको संक्रमण दर पनि बढ्दो छ । नेपालमा प्रतिबर्ष करिव ५ हजारदेखि ७ हजार व्यक्तिहरुको मृत्यु क्षयरोगबाट हुने गरेको अनुमान गरिएको छ । गरिवी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाई सराई, खुला सिमाना आदिको कारणले क्षयरोगबाट संक्रमित हुने दर झन बढ्दो छ । यदि ती चुनौतीहरुलाई मध्य नजर गर्दै बिगतका नीति तथा कार्यक्रमहरुमा समयानुकुल परिमार्जन गर्दै नयाँ नीति र रणनीति अवलम्बन गरिनु अति आवश्यक छ ।
हामी सबैलाई थाहा छ, क्षयरोग एक सरुवा रोग हो । यो रोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम ट्युबरक्लोसिस (Mycobacterium tuberculosis) नामक सूक्ष्म कीटाणुबाट हुन्छ । यो रोग हाम्रो शरीरको जुनसुकै भागमा पनि लाग्न सक्छ । क्षयरोगलाई मुख्यतया दुई भागमा बाँडिएको छ, ती हुन : फोक्सोमा लाग्ने क्षयरोग र फोक्सोबाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोग । फोक्सोबाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोग भन्नाले ग्रन्थी, हाडजोर्नी, आन्द्रा, प्रजन्न तथा मूत्र प्रणालीमा हुने क्षयरोगलाई बुझिन्छ । कुल क्षयरोगीहरुमध्ये करिव ८० प्रतिशत फोक्सोका क्षयरोगी हुन्छन् भने बाँकी २० प्रतिशत मात्र फोक्सोबाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोगी हुन्छन् । क्षयरोगको लक्षण, खकार परिक्षण आदिको आधारमा क्षयरोग पत्ता लगाउन सकिन्छ । क्षयरोगलाई ड्ट्स (DOTS) रणनीति अनुसार उपचार गरिन्छ। ड्ट्स् रणनीतिमा उपचार सहयोगीको निगरानीमा क्षयरोगका विरामीले दिनदिनै औषधी खाएको छ भन्ने सुनिश्चित गरिन्छ । यो रणनीति म्याग्दी जिल्लाको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा सबै स्वास्थ्य चौकीहरुमा लागु भएको छ । यो रोग लागिसकेपछि विरामीले स्वास्थ्यकर्मीको निगरानीमा औषधी खाएमा निको हुने दर ९० प्रतिशतभन्दा माथी हुन्छ ।
"क्षयरोग भएका सबै विरामीको एच.आई.भी. परिक्षण अनिवार्य गराउनु पर्दछ ।"
क्षयरोग र एच.आई.भी. एक-अर्कामा परिपुरकजस्तै छन् । सन् २०१५ को तथ्याङ्क अनुसार संसारमा क्षयरोगका कुल बिरामीमध्ये लगभग ११ प्रतिशत एच.आई.भी. पोजिटिभ छन् । जस्मध्ये ०.४ मिलियन क्षयरोगीको मृत्यु क्षयरोग-एच.आई.भी.को सहसंक्रमणको कारणले हुन्छ । क्षयरोग संक्रमण हुने र नहुने भन्ने मानिसको प्रतिरक्षा शक्तिमा भर पर्ने कुरा हो । त्यस्तै एच.आई.भी. संक्रमणमा भाईरसको संख्या बढ्दै जाँदा प्रतिरक्षा शक्ति कमजोर हुन्छ र क्षयरोग लाग्ने सम्भावना १० गुणाले बढी हुन्छ । जनै खतिरा आउनु, तौल घट्नु, बारम्बार निमोनिया हुनु, पखाला लाग्नु, खुट्टा भतभत पोल्नु, मुखमा फंगसको संक्रमण हुनु, प्रजन्न अंगहरुमा दुख्ने घाउ आइरहनु आदि क्षयरोगीहरुमा एच.आई.भी.को संक्रमण भएको शंकास्पद लक्षणहरु हुन् ।
क्षयरोग र एच.आई.भी.को सहसंक्रमणले विश्व जनस्वास्थ्यलाई नै चुनौती दिएको छ । सहसंक्रमणको कारणले क्षयरोग तथा एच.आई.भी. नियन्त्रणमा नकारात्मक प्रभाव पारेको छ। सहसंक्रमणबाट बचाउन परामर्श र परीक्षणले प्रभावकारी भुमिका खेलेको हुन्छ । क्षयरोग तथा एच.आई.भी. सम्बन्धी परामर्श तथा परीक्षण सेवा प्रदान गर्ने, ए.आर.टी. को ब्यब्स्था मिलाउने, नियमित अनुगमनको व्यबस्था मिलाउने, प्रभावकारी रुपमा संक्रमण नियन्त्रणको व्यबस्था मिलाउने लगाएत नयाँ नीति , रणनीति र योजना तयार पारी कार्यान्वयन गर्न अति आवश्यक छ ।

[ साभार
: क्षयरोग व्यबस्थापन आधारभुत तालिम पुस्तिका, चौधौं संकरण, २०७४ ]
No comments:
Post a Comment