- तेजिन्द्र राना मगर
प्रमुख, देविस्थान स्वास्थ्य चौकी
सामान्य भाषामा हेपाटाइटिस भन्नाले 'कलेजो सुन्निनु वा सुजन' भन्ने बुझिन्छ। यो पहिले संक्रामक हेपाटाइटिसको रूपमा परिचित थियो। यो हेपाटाइटिस ‘ए’ भाइरसको कारणले गर्दा कलेजोमा लाग्ने एक प्रकारको रोग हो। केलेजोमा आक्रमण गरेपछि कलेजो बिस्तारै सुन्निन थाल्दछ। हेपाटाइटिस भाइरस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन्। विश्वमा १४ लाख मानिसलाई प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ले आक्रमण गर्दछ। दिसाको माध्यमबाट सर्ने हेपाटाइटिस ‘ए’ले बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई संक्रमण गरेको पाइन्छ। भने ६० वर्ष भन्दा माथिको व्यक्तिलाई यो रोग लागेमा बाच्ने सम्भावना कम हुन्छ।
यो बिशेषगरी फोहोर वा अस्वस्थकर खानेकुरा, पानी र मलमूत्र पानीको स्रोतमा मिश्रित भएर सर्ने गर्छ। दिशाबाट बाहिर जाने फोहोर तत्व पानीमा मिसिन गई संक्रामक हुन्छ। त्यस्तो दूषित पानी हामीले खायौं भने हेपाटाइटिस ‘ए’ हुन्छ। यो संक्रमित व्यक्तिसँगको सम्पर्कबाट पनि फैलन सक्छ। संक्रमित व्यक्तिहरूमा प्राय: लक्षणहरू नदेखिने भए तापनि, उनीहरूबाट यो संक्रमण अन्यमा सर्न सक्छ। हेपाटाइटिस ‘ए’ लागेमा खासै त्यस्तो लक्षणहरु देखिदैनन्। तर पनि भाइरसले आक्रमण गरेपछि व्यक्तिमा अत्यधिक थकाइ लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, वाक्वाकि लाग्ने, भोक नलाग्ने, पेट दुख्ने तथा पखाला लाग्ने जस्ता साधारण समस्याहरु देखा पर्दछन्। शरीरमा हेपाटाइटिस ‘ए’ जीवाणू प्रवेश गरेको दुईदेखि चार हप्तामा जन्डिस देखिन थाल्छ। हेपाटाईटिसका लक्षणहरुलाई निम्न तीन अवस्थामा बाँडिएको छ :
१. पहिलो अवस्था एकदेखि दुई हप्ता खानामा रुचि घट्दै जाने, वाकवाकी लाग्ने, ज्वरो आउने, पखाला लाग्ने, पेटको दायाँ कोखा दुख्ने आदि लक्षण देखा पर्छन्।
२. दोस्रो अवस्था पहिलो अवस्था देखिएको एक हप्तापछि दोस्रो अवस्था देखिने गर्छ। यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेँलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेँलोपना बढ्दै जान्छ।
३. तेस्रो अवस्था दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्। बिरामी कमजोर हुन्छ तर सन्चो भएको महसुस गर्छ।
यो रोग लागेको पत्ता लगाउनको लागि रगत परीक्षण गर्न आवश्यक हुन्छ किनभने यसका लक्षणहरू अन्य केही रोगहरू लाग्दा देखिने लक्षणहरू जस्तै हुन्छन्। एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन। यसको कुनै विशेष उपचार छैन। बिरामी भएपछि आराम गर्ने र रोगका लक्षण अनुसार त्यसको उपचार गर्नुपर्छ। बिरामीले प्रशस्त झोलिलो तथा सफा र ताजा पौष्टिक खानेकुरा खानुपर्छ। बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ। बिशेषगरी खाना खानुअघि र पछि साबुनपानीले राम्रोसँग हात धुने, बाहिरको खाना नखाने, शुद्ध पानी पिउने, सकिन्छ भने पानी उमालेर मात्र पिउने, बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्ने, सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ। यदि हेपाटाईटिस ‘ए’ रोग लागेमा तुरुन्त चिकित्सक कहाँ लैजानुपर्दछ। किनकी यो रोगले साधारण असरदेखि ‘एक्युट लिभर फेलियर’ भएर मानिसको मृत्यु पनि हुन सक्छ ।

No comments:
Post a Comment