✍ तेजिन्द्र राना मगर
प्रमुख, देविस्थान स्वास्थ्य चौकी
सामान्य अर्थमा भन्नुपर्दा एन्टिबायोटिक भनेको जिवनाशक वस्तु हो। ग्रिक भाषामा 'एन्टी' भनेको 'विपरित' र 'बायोस्' भनेको 'जीवन' हो। त्यसैले एन्टेबायोटिकले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। यस्ता औषधी सूक्ष्म जीवाणु, रसायन आदिबाट बनाइन्छन्। सूक्ष्म जीवाणुबाट बनाइएको औषधीलाई चाहिँ एन्टिबायोटिक भनिन्छ। सूक्ष्म जीवाणुबाट हुने रोगहरू टाइफाइड, आउँ, क्षयरोग, कुष्ठरोग, कालाजार, औलो, इन्सेफ्लाइटिस, म्यानेन्जाइटिस, निमोनिया, मूत्राशयको संक्रमण, पिलो, खटिरा, छातीको संक्रमण आदि हुन्। अहिलेको आधुनिक युगमा सबभन्दा ज्यादा प्रयोग गरिने औषधीहरूमा एन्टिबायोटिक अग्र स्थानमा नै पर्दछ। हाल ठुला-ठुला अस्पतालदेखि लिएर प्राईभेट किलिनिकसम्म धेरै किसिमका एन्टेबायोटिक औषधीहरु उपलब्ध छन्। तैपनि पछिल्लो समयमा ब्याक्टेरिया मार्ने नयाँ एन्टिबायोटिकको खोज हुन सकेको छैन। त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्। जसलाई एन्टिमाइक्रोवियल रेसिस्टेन्स (एएमआर) भनिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार स्वास्थ्य जाँच नगरीकन एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति नरोकिए सन् २०५० सम्ममा एन्टिबायोटिक औषधिको प्रयोगका कारण विश्वमा ज्यान गुमाउनेको संख्या एक करोड पुग्ने अनुमान गरिएको छ। जसको चपेटामा नेपालजस्ता विकाशशील देश बढी परेका छन्।
हालको समयमा पनि ग्रामीण तहदेखि सहरी क्षेत्रमा समेत छिटो निको हुने भन्दै सामान्य रोग लाग्दा समेत एन्टिबायोटिक खाने प्रचलन अझै बढ्दै गएको छ। बिरामीको त कुरै छोडौ कतिपय चिकित्सक, स्वास्थ्यकर्मीले पनि रोग चाँडो निको पार्ने र आफू राम्रो चिकित्सक देखाउने होडबाजीले पनि एन्टिबायोटिकको दुरुपयोगमा ठुलो भुमिका खेलेको छ। एक अध्ययनले नर्सिङ होम तथा क्लिनिकहरूमा आएका बिरामीमध्ये ८० प्रतिशतलाई एन्टिबायोटिक लेखिएको देखाएको छ। औषधीको बिक्रीमा १६ प्रतिशत नाफा लिन तोकिएको हुन्छ। साथै, कतिपय औषधी उत्पादक कम्पनीले विक्रेताहरूलाई ६० प्रतिशतभन्दा बढी बोनस दिएका हुन्छन्। त्यही नाफाका कारण विक्रेताले प्रेसक्रिप्सनमा लेखिएको औषधीको सट्टा बढी नाफा हुने औषधी भिडाउने गर्छन्। एन्टिबायोटिक औषधिको डोज लगातार ७ दिन खाएपछि मात्र पुग्छ । तर धेरैजसो बिरामीले एक दुई दिन मात्र खाने अनि रोग निको भएपछि छोड्ने गरेका छन् । डाक्टरका अनुसार केही बिरामीले त अझ छिटो निको हुने भन्दै एकै पटक दुई चक्कि समेत खाने गरेका पाइएको छ । कारणस्वरुप नसर्ने रोगको संख्या थपिँदै गएको छ भने सरुवा रोगहरू पनि नियन्त्रण बाहिर जान थालेका छन्। जस्ले स्वास्थ्य क्षेत्रमा गम्भिर चुनौति दिएको छ।
जति कडा एन्टिबायोटिक प्रयोग गर्यो, त्यसको हानि पक्ष त्यति नै कडा हुन्छ। एन्टिबायोटिकका हानिकारक पक्ष धेरै र खतरनाक छन्। डाक्टरको सिफारिस बिना औषधि प्रयोग गर्दा शरीरलाई आवश्यक पर्ने कतिपय ब्याक्टेरिया मारिने र विरामीको ज्यानै समेत जाने सक्छ। बास्तबमा नेपालमा एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी सर्वेक्षण हुन सकेको छैन। तर, रेसिस्टेन्स दर उच्च रहेको भन्नेमा सबै एकमत छन्। यो समस्याबाट जोगिन माही सबै लागिपर्न जरुरी छ। एन्टिबायोटिक प्रयोग घटाउने र समुचित प्रयोग गर्ने नीति अपनाउनुपर्छ। उपभोक्तालाई लक्षित गरी प्रभावकारी शिक्षा सञ्चार र तालिमको माध्यामबाट एन्टिबायोटिक रेसिस्टेन्सका विषयमा जनचेतना फैलाउन अति आवश्यक छ।
अत एन्टिबायोटिक औषधिका बारेमा बिरामी, डाक्टर सबै सचेत हुन आवश्यक छ। एक पटक डोज पूरा नगरे एन्टिबायोटिकले अर्को पल्ट काम गर्दैन। एन्टिबायोटिकको दुरुपयोग गर्दा ज्यानै जान सक्छ। त्यसैले एन्टिबायोटिकको बारेमा जानकारी राख्ने, आफूले प्रयोग गरेको औषधि अरुलाई प्रयोग गर्न नदिने र हात राम्रोसँग धोएर मात्र औषधी खानु पर्दछ। एन्टिबायोटिक रेसिस्टेन्स् हुने प्रमुख कारणहरु एन्टिबायोटिकको बढी सिफारिस, बिरामीले पुरै मात्रामा औषधी नखानु, पशु र माछामा एन्टिबायोटिकको प्रयोग गर्नु, नयाँ एन्टिबायोटिकको उत्पादन नहुनु, अस्पताल र क्लिनिकहरुमा संक्रमण रोकथाम कमजोर हुनु, सरसफाईमा कही हुनु आदि हुन। यी कुराहरुमा पनि ध्यान दिनु आवश्यक छ। अत एन्टिबायोटिकको जथाभाबि प्रयोग गर्न रोकी, सबैलाई रेसिस्टेन्सको बारेमा जानकारी गराई, यसको बारेमा निति नियमहरुको निर्माण गरि एन्टिबायोटिक रेसिस्टेन्सको कारणबाट हुने मृत्युलाई कम गर्न सकिन्छ।

No comments:
Post a Comment