- तेजिन्द्र राना
प्रमुख, रुम स्वास्थ्य चौकी
बिस्तारै मौसममा आएको परिवर्तनसँगै मुलुकभर चिसोको महशुस हुँदै आएको छ। सामान्यतया हाम्रो शरीरको तापक्रमभन्दा बाहिरी वातावरणको तापक्रम कम भएमा हामीले चिसो महसुस गर्दछौ। चिसो तथा जाडोको समयमा बिरामी पर्ने संभावना धेरै हुन्छ। चिसोका कारण रुघाखोकी, निमोनिया, ब्रोङकाइटिसजस्ता फोक्सो सम्बन्धि रोग लाग्ने सम्भावना बढी हुने गर्दछ। त्यसैले जाडोमा हामीले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ। जाडोमा शरीर तताउने वा न्यानो बनाउने चाहाना सबैको हुन्छ। त्यसै क्रममा शरीर तताउने बाहानामा रक्सी (अल्कोहल) पिउने प्रचलन अझै पनि समुदायमा व्याप्त छ। तर जाडोमा जति रक्सी खायो त्यति नै बढी समस्या उत्पन्न हुने गर्दछ।
हाम्रो शरीर छालाले ढाकेको हुन्छ। जसको मुनि असंख्य स्नायु रेशाहरु र रक्त प्रवाह गर्ने रक्तकेशिकाहरु हुन्छन्। साथै तापक्रम अनुभव गर्ने केन्द्रहरुहरु पनि ठाउँ–ठाउँमा रहेका हुन्छन्। जसले चिसो र तातोपनाको अनुभवहरु मस्तिष्कमा पठाउने गर्दछ। जब व्यक्तिले अल्कोहलको सेवन गर्दछ यसमा हुने विशेषताले मानवलाई भ्रम पैदा गरिदिन्छ। अल्कोहलका कारणले रक्तकेशिकाहरु फुल्दछन्, रगतको प्रवाह बढ्दछ र तातो रगत छालामुनिको भागमा आउँदा क्षणिक तातो भएको महशुस मात्र हुन्छ। चिसो मौसममा हाम्रो मुटुको चालमा पनि अलिकति बृद्दि हुन्छ। त्यही अनुसार शरीरले पनि आफ्नो तापक्रम नियन्त्रण गरेको हुन्छ। यदि त्यस्तो अवस्थामा धेरै अल्कोहलको प्रयोग गरेमा मुटुको चालमा असर गर्ने, श्वासप्रश्वास प्रकृयामा असर गर्ने, चेतना हराउने र काम्ने समेत भई मृत्यु समेत हुन सक्दछ ।
आधुनिक र फेसनेबल जीवनशैलीसँगै अल्कोहल प्रयोग गर्ने दर दिनप्रतिदिन बढ्दै गैरहेको छ। एक अध्ययन अनुसार विश्वव्यापी रुपमा महिलाले पनि पुरुषजत्तिकै अल्कोहल सेवन गर्ने गरेको पाइएको देखाएको छ। त्यसैमा पनि जाडोको समयमा शरीरलाई तताउने बाहानामा अल्कोहलको प्रयोग झन धेरै भइरहेको छ। बास्तबमा जाडोको बेला अल्कोहलले न्यानोको अनुभुती ल्याउनु एउटा भ्रम मात्र हो। बरु शरीरमा न्यानो होइन्, चिसो थपिदिन्छ। यसका साथै सवारी दुर्घटना, हृदयघात, मस्तिष्कघात, मुटु कलेजो सम्बन्धि समस्याहरु, स्वास प्रश्वास सम्बन्धि समस्याहरु ल्याउने गर्दछ।
जाडो मौसममा अल्कोहलजन्य पदार्थको मात्र नभएर चुरोटजन्य पदार्थको पनि धेरै प्रयोग हुने गरेको छ। थोरै–थोरै पिएमा जाडो काट्छ, जिउ तताउँदछ र औषधिको काम गर्दछ भन्ने भ्रम पनि समाजमा अझै ब्याप्त छ। जाडोको समयमा अल्कोहलजन्य पदार्थको प्रयोग गर्दा झन दुर्घटना तथा रोगब्याधिको जोखिम बढ्ने भएको हुनाले बरु त्यसको सट्टा हाइपोथर्मियाबाट बच्न प्रशस्त झोल पदार्थ र पानी पिउने, धेरै समय चिसोमा नबस्ने, तातो र न्यानो कपडा लगाउने आदि गर्न सकिन्छ। तपाईहामी सबैलाई थाहा नै छ अल्कोहलका असरहरु, अल्कोहल लिनु हुँदैन भन्ने कुरा पनि थाहा छ। त्यसैले जाडो बेला अल्कोहलको प्रयोग नगरौ, अरुलाई पनि यसबारे जानकारी गराई अल्कोहल प्रयोग नगर्नमा सहयोग गरौ।
© तेजिन्द्र राना !

No comments:
Post a Comment