Saturday, January 30, 2016

आज ६३ औं विश्व कुष्ठरोग दिवस मनाईदै

              जनवरी ३१ अर्थात ६३ औ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरु गरी मनाईदै छ। यो दिवस कुष्ठरोगबाट प्रभावितहरू प्रति जागरुकता देखाउनको लागि सन् १९५४ देखि विश्व कुष्ठ रोग दिवस सुरू गरिएको थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्ष हजार सय ५३ कुष्ठरोगका नयाँ बिरामी थपिएका थिए भने, यस वर्ष हजार सय २३ नयाँ बिरामी थपिएका छन् । यो नेपालको तराई क्षेत्रमा बढी रहेको छ। यसरी बर्सेनि वर्षेनी करिब ३ हजार कुष्ठरोगका नयाँ बिरामी थपिँदा उनीहरुलाई उपचारपछि समाजमा पुनस्थापन गर्न कठिन भइरहेको छ।
कुष्ठरोग एक जीर्ण संक्रमण हो जुन माइकोब्याक्टेरियम लेप्रे नामक ब्याक्टेरीयाको संक्रमणको कारणले लाग्ने गर्दछ। यसलाई हान्सेन्स् रोग (Hansen’s Disease) पनि भनिन्छ। यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द लेप्राको आधारमा राखिएको हो, जसको अर्थ हो "कत्लादार", "हान्सेन्स् रोग" नाम चिकित्सक जेर्हार्ड अर्मउर हान्सेन (Gerhard Armauer Hansen)को नामबाट राखिएको हो।  यो रोग मुख्यत: सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना थोपाहरूको माध्यमबाट सर्छ।  कति सङ्ख्यामा जीवाणुहरू उपस्थित छन् भन्ने आधारमा यो रोगलाई दुई भागमा विभाजन गरिएको : पौसिबेसिलरी मल्टिबेसिलरी। यो रोगको लक्षणहरुमा शरीरमा नचिलाउने फुस्रो दाग देखा पर्नु , श्वास मार्ग, स्नायु, छाला, आँखामा ग्रेन्युलोमा हुनु, पीडा महसुस गर्न सक्ने क्षमता कम हुनु, दृष्य शक्ति कम हुनु आदि। यो रोगको निदानलाई छालाको बायोप्सीद्वारा एसिड-फास्ट बसिल्ली फेला पारेर वा पोलिमरेस चेन रिएक्सन मार्फत DNA पत्ता लगाएर निश्चित गरिन्छ। संक्रमण हुँदा सुरूसुरूमा कुनै लक्षण देखा पर्दैन सामान्यतया देखि २० वर्षसम्म यस्तै रहिरहन्छ।


समयमै उपचार गरेमा कुष्ठरोग निको हुने भएकाले सजक बन्न आवश्यक छ। यो रोग लाग्न सुरु गरेको महिनामा यसको उपचार भए पूर्ण रुपमा निको हुन्छ यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्ने भएकाले शरीरमा नचिलाउने फुस्रो दाग देखापरेमा तुरुन्त उपचार गराउनु पर्दछ। नेपालको सन्दर्भमा करिब प्रतिशत कुष्ठरोगका बिरामीहरु अपाङ्गता भएपछि मात्र जाँच गराउन आउने भएकाले पनि उपचारमा सहजता आउन नसकेको हो। कुष्ठरोगको उपचार स्वास्थ्य संस्थाहरुमा निःशुल्क हुन्छ त्यसैले यो रोग लागेको शंका लाग्ना साथ समयमै जाँच गरी उपचार गराउनु आवश्यक छ।

कुष्ठरोगले मानव जातिलाई हजारौँ वर्ष देखि प्रभावित गर्दै आएको छ। नेपालमा मात्र नभएर यो रोगले विश्वमा नै धेरै मानिसहरु अपाङ्गता हुनुका साथै ज्यान गुमाईरहेका छन्। त्यसैलाई कम गर्न नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा यो रोगको औषधी निःशुल्क वितरण गर्छ साथै कुष्ठरोगबाट अपांग भएका व्यक्तिहरुलाई सुरक्षित जुत्ता, चस्मा, वैशाखी ह्विलचेयर निःशुल्क रुपमा दिने गर्दछ। कुष्ठरोगबाट बच्नको लागि उपलब्ध श्रोत साधन उपभोग गरी रोगको पहिचान एंव निदान पूर्ण उपचार गर्नु, उनीहरुप्रतिको भेदभावको अन्त्य गरी स्वस्थ जीवनयापन गराउनु उनिहरुलाई अपांगता हुनबाट बचाउनु नै आजको ठुलो आवश्यकता हो।

No comments:

Post a Comment