[ मेरो यही लेख जनहित खबरमा पनि ! हेर्नलाई यहाँ क्लिक गर्नुहोला । ]
मस्तिष्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या नै मस्तिष्कघात हो । यो हृदयघातपछि मृत्युको दोस्रो मुख्य कारण हो । मस्तिष्कका कोशिकाहरूमा रगतको माध्यमबाट अक्सिजन पुग्ने गर्छ । तिनै अक्सिजनका माध्यमले नै मस्तिष्कले काम गर्छ । तर, रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया रोकिन्छ, दिमागका कोशिकाहरू मर्छन् र ब्रेन एट्याक हुन्छ । मस्तिष्कलाई रगत आपूर्ति गर्ने नशाहरु फुटेर वा थुनिएर रगत प्रवाह रोकिन पुग्छ । रगत प्रवाह रोकिनेबित्तिकै मस्तिष्कका कोशिकाहरुमा अक्सिजन प्रवाह हुन सक्दैन र मस्तिष्कका तन्तुहरु मर्न थाल्छ । समयमै उपचार गरिएन भने बिरामीको मृत्यु समेत हुने गर्छ । यसैलाई नै मस्तिष्कघात अथवा प्यारलाईसिस भनिन्छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष एक करोड पचास लाख मानिस मस्तिष्क घातको शिकार हुन्छन् ।
मस्तिष्कघात हुने करक तत्वहरु
१. ५० वर्ष उमेर नाघेका
२. उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएका
३. अति ब्यस्त जीवनशैली जिउनेहरु
४. तनाव, चिन्ता, शोकमा परेकाहरु
५. मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या, जस्तै– एटि्रयल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरु
मस्तिष्कघातका लक्षणहरु
- अचानक सहनै नसक्नेगरी छुट्टै तरिकाले टाउको दुख्नु
- रिंगटा लाग्नु
- शारीरिक सन्तुलन बिग्रिएर ढल्नु
- एकाएक दृष्टि धुम्मिनु वा बन्द हुनु
- बोली लट्पटिनु वा बोल्न नसक्नु
- वान्ता हुनु
- केही समयका लागि एउटा पाटो नचल्ने हुनु र क्रमशः फेरि चल्न थाल्नु
- प्यारालाइसिस हुनु
मस्तिष्क घात आपतकालीन स्थिति भएकाले माथि उल्लिखित लक्षण देखिनेबित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन सकियो भने त्यति नै धेरै बचाउन वा विकलाङ्गता कम गराउन सकिन्छ । मस्तिष्कघातको प्रकृति, प्रकार र क्षतिग्रस्त स्थान थाहा पाउन सिटीस्क्यान, एमआरआइ, ट्रन्सक्रेनियलडोपलर, केरोटिटडोपलर जस्ता विकिरणीय निदान पद्धति अपनाइन्छ भने रक्त तथा मूत्र परीक्षणबाट रोगको कारण थाहा पाउन सकिन्छ ।
मस्तिष्कघातको उपचार
उपचार स्थिति हेरेर सघन उपचार कक्षबाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ । प्यारालाइसिस भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुदैन । रोगीको सम्पूर्ण अवस्था जाँच गरी मस्तिष्क घातले ल्याएको विकलाङ्गतालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरिथरिका थेरापी र विधि प्रयोग गरिन्छ । जस्तै :
१. एक्टिभ र प्यासिभ एक्सरसाइज
२. पिएनएफ एक्सरसाइज
३. मसल स्ट्युमुलेसन
४. तेल मालिस
५. अकुपञ्चर
६. गेट–ट्रेनिङ
७. मनोपरामर्श, स्पिचथेरापी
[ लेखेको मिति : २०७१ कार्तिक १४ गते शुक्रबार ]

No comments:
Post a Comment