औलो वा मलेरिया एक परजीवीले गर्दा हुने संक्रामक रोग हो । एनोफिलिस प्रजातिको पोथी लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । जुन परजीविलाई प्लाज्मोडियम भनिन्छ, यो प्लाज्मोडियम फाल्सीपारम (Plasmodium falciparum), प्लाज्मोडियम भाइभेक्स (Plasmodium vivax), प्लास्मोडियम मलेरिये (Plasmodium malariae) र प्लाज्मोडियम ओभेल (Plasmodium ovale) गरि चार प्रकारको हुन्छ । मलेरियाका परजिवीहरु स्वस्थ व्यक्तिमा प्रवेश गरिसकेपछि रगतको माध्यम हुदै कलेजोका कोषहरुमा प्रवेश गर्दछन् । जहाँ उनीहरुले कलेजोका कोषहरुमा प्रवेश गरी ठुलो संख्यामा वृद्धि र विकाश हुदै रक्तकोषहरुमा व्यापक क्षति पुराउने गर्छन् । रक्तकोषहरुको निरन्तर क्षयका कारण शरीर शिथिल बन्दै जान्छ र लगातार ज्वरो आउने गर्छ । त्यसैलाई नै औलो वा मलेरिया भन्ने गरिन्छ ।
औलो रोग नेपालको मात्र नभएर विश्व भरिमै एक प्राणघातक सरुवा रोगको रुपमा रहेको छ । विश्वमा हरेक तिस सेकेण्डमा औलोको कारणबाट एक जना व्यक्तिको ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनको सो तथ्यांकका अनुसार विश्वमा हरेक वर्ष ४० अर्व देखि ९० अर्व जना व्यक्ति मलेरियाबाट ग्रसित हुने गरेको र ती मध्ये तीस लाख मानिसले हरेक वर्ष ज्यान गुमाउने गरेको बताइएको छ । मलेरियाबाट बढि प्रभावित हुनेमा ५ वर्षमुनिका बालबालिका र गर्भवति महिला रहने गरेका छन् । त्यसैले औलोको बिरामीदर र मृत्युदरमा कमी ल्याउनको लागि हरेक बर्षको अप्रिल २५ तारिखका दिनलाई विश्वभरी "विश्व औलो रोग दिवस"को रुपमा मनाईदै आइएको छ ।
मलेरियाका लक्षण तथा चिह्नहरु
लामखुट्टेको टोकाइमार्फत परजीवि स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेको करीब ३० मिनेटपछि परजिवीहरु कलेजोका कोषहरुमा प्रवेश गर्छन् र परिजिविको संक्रमणको ८-२५ दिनमै औलोका बिभिन्न लक्षणहरु देखिन थाल्छन् । जस्तै :
१ ज्वरो आउनु (३९.५ देखि ४०.५ डिग्री सेलिसियस सम्म), पसिना आउनु
२ थरथर काम्नु साथै चिसोपनको अनुभुति हुनु
३ वाक्वाकी र वान्ता हुनु
४ रक्ताल्पता हुनु
५ जोर्नी दुख्नु
६ टाउको दुख्नु
७ छाला खस्रो र चाहुरिनु
८ कलेजोको आकार बढनु
९ रगतमा ग्लूकोजको कमी हुनु
१० पिसाबमा हेमोग्लोबिन देखिनु
११ यदि समयमै उपचार नभएमा कलेजो तथा मृगौलाले काम गर्न छाड्छ र व्यक्तिको मृत्यु हुने गर्छ ।
मलेरियाको उपचार
लामखुट्टेको टोकाइबाट बच्नु नै मलेरियाबाट बच्ने सर्बोत्तम उपाय हो । यो रोगको उपचारका लागि Artemisin Combination Therapy (ACT), Quinine, Chloroquine, Primaquine, Hydroxychloroquine, Mefloquine, Atovaquone आदि औषधीहरु उपलब्ध छन् ।
मलेरियाबाट बच्ने उपायहरु
१ घर वरी परि भएका पानी जम्ने खाल्डा खुल्डी पुरिदिने, त्यसो गर्नाले लामखुट्टेले फुल पार्न र लुकेर बस्न पाउदैन ।
२ सधै लामो बाउला भएको कपडा लगाउने
३ साँझपख धेरैबेर घरबाहिर ननिस्किने
४ सुत्ने बेला सधै झुलभित्र सुत्ने वा लामखुट्टे भगाउने धुप बाल्ने
५ झ्यालढोकामा जाली राख्ने
६ लामखुट्टेको नियन्त्रणका लागि घर भित्र र बाहिर विषादी छर्किने
७ झ्यालढोकामा जाली राख्ने
८ औलो रोगको बारेमा सर्वसाधारणमा जनचेतनाको अभिवृद्धि गर्ने ।
औलो एक जन स्वास्थ्य समस्या र प्राणघातक सरुवा रोग भएको हुनाले यसलाई हताउन अति आवश्यक छ । जलवायु परिवर्तनका कारण बढेको तापक्रम सँगै लामखुट्टे माथिल्लो भूभागतिर सर्दै गएकाले नेपालका उच्च भूभागहरुमा समेत औलोको जोखिम बढ्दै गएको छ । त्यसैले औलो रोगको बारेमा सर्वसाधारणमा जनचेतनाको अभिवृद्धि गर्ने, हरेक ब्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र समेत सचेत हुन आवश्यक छ ।

३ वाक्वाकी र वान्ता हुनु४ रक्ताल्पता हुनु

No comments:
Post a Comment