[ मेरो यही लेख जनहित खबरमा पनि ! हेर्नलाई यहाँ क्लिक गर्नुहोला । ]
मुटु मानिसको सबैभन्दा महत्वपुर्ण अङ्ग हो, जसको ढुकढुकीमा मानिसको जीवन अडेको हुन्छ । यदि हामीले अस्वस्थकर खानेकुराखायौ भने त्यही मुटुमा विभिन्न किसिमका रोग र समस्याहरुले सताउने गर्दछन् । त्यसैले मुटुसम्बन्धी रोग र समस्याहरुबाट बच्नकोलागि सर्वप्रथम खानपानमा नै ध्यान दिनुपर्छ, जसको लागि हामीमा मुटुका लागि स्वस्थकर खानेकुराहरुको बारेमा चेतना हुनआवश्यक छ । बजारमा आइरहेका तैयारी खाध पदार्थलगाएत विभिन्न खाध पदार्थमा सुधार ल्याउनमा जनचेतना नभईकन मुटु रोगरोकथाम (prevention) सफल पार्न सकिदैन् ।
अहिलेको समयमा सहर, बजारमा विभिन्न अखाध वस्तुको मिसावट सहितका खाध सामग्रीहरु विक्री वितरण भइरहेको छ ।त्यसैले अति आकर्षक विज्ञापन र प्रचार प्रसारको भ्रममा नपरी आफैले उत्पादन गरेको अथवा स्वच्छ, शुद्ध खाध वस्तुको प्रयोग गर्नेबानी बसाल्दै लानु अति आवश्यक हन्छ । मिसावट र किटनाशक औषधीको प्रयोग भएका खाध पदार्थहरुको कारणबाट नै मुटुरोगलगाएतका विभिन्न रोगहरु बढ्दै गएको छ । जसको कारणस्वरुप पनि हामीले सकी-नसकी औषधी उपचारमा पैसा खर्च गनुपरेकोछ भने अर्को तर्फ कडा औषधीहरुको साइड् इफेक्ट्ले शारीरिक मता कमजोर हुदै गएको छ । मुटुलाई स्वस्थ राख्नको लागि निम्न कुराहरुमा ध्यान दिनु आवश्यक छ :
१. मुटुका लागि समेत फाइदा हुने भनि विज्ञापन गरी चिजविज बिक्रि गर्दछन् । तर कतिसम्म यो तथ्य ठीक हो भनि पत्ता लगाएर मात्रवा आफुलाई विश्वास नभईकन प्रयोग नगर्ने ।
२. बजारमा आकर्षक ढङ्गले छ्याप(छ्याप्ती देखापरिरहेका खाध वस्तुउपर सजक हुनुपर्दछ । सजिलो, राम्रो र मिठोभन्दैमा आफ्नो स्वास्थ्यलाई हानी पुर्याउने fast food,junk food मा बानी बसाल्नु ठीक हुदैन् ।
३. बजारमा पाईने तरकारी, फलफुल आदि उत्पादन गर्दा र भण्डारण गर्दा Pisticide जस्तो chemical को प्रयोग गरिएको हुन्छ, जुनमुटुका लागि हानिकारक हुन्छ । त्यसैले सकेसम्म आफ्नै घरवरिपरि अथवा करेसाबारीमा प्राङ्गारिक (Organic) मल राखी आफलाईचाहिने तरकारी उमार्ने गर्नुपर्दछ ।
४. स्कुल जाने केटाकेटीहरुलाई Lunch अथवा दिउँसोको खाना खाजा बाहिर आफुखसी किनेर खान नलगाउने कर्तव्य अभिभावकको हो। त्यसैले सकेसम्म Tiffin box मा घरमा बनेको खाना खाजा राखेर पठाउने ।
५. स्कुल प्राङ्गणवरिपरि विद्यार्थीहरुलाई लोभ लाग्ने किसिमको गुणहीन खानेुराहरु बिक्री गर्न ल्याइराखेको देखेमा स्कुल प्रशासनलाईभनेर हटाउन लगाउनुपर्दछ ।
६. स्कुल जाने उमेरका अधिकांश बालबच्चाहरुलाई Rheumatic Heart Disease लाग्न सक्ने हुदाँ यसबाट बचाउनको लागि पहिले नैहोसियार हुनुपर्दछ ।
७. बजारमा पाइने घिउ, तेलको प्रयोग एकदम कम गर्ने । शरीरको लागि न्युनतम चिल्लो पदार्थ चामल, मकै, गेडागडी, दुध, दहीबाट नैप्राप्त हुन्छ ।
८. चर्को नुन खान बानी भए त्यसलाई हताउनुपर्छ । किनकी बढी नुन खानाले मुटुजन्य रोग लाग्नुका साथै कलेजो, मिर्गौलालाई समेतहानि पुर्याउछ ।
९. बजारमा पाइने चामल, मकै, कोदो, दाल, गेडागुडीहरुमा किरा लाग्नबाट बचाउन गोदाममा प्रसस्तै किटनाशक विषहरु छरेको, राखेकोहुन्छ । तसर्थ बजारबाट ल्याउने यस्ता खाध पदार्थ प्रयोग गर्दा सफा पानीले राम्ररी पखालेर मात्र प्रयोग गर्नुपर्दछ ।
१०. चिनी, सखर, चक्लेटजस्ता गुलियो पदार्थ एकदम कम प्रयोग गर्नुपर्दछ । यसले चिनी रोग निम्त्याउछ र पछि गएर मुटुलाई असरपु¥याउछ । चिनी रोगीहरुलाई झन गुलियो खानै हुदैन् ।
११. शाकाहारी हुनु मुटुका लागि एकदम फाईदाजनक छ । रेशादार (Fibre) युक्त खानेकरा र हरियो सागपात बढी प्रयोग गर्नुपर्दछ ।
१२. उच्च रक्तचाप निम्त्याउने खानेकुराबाट बच्नुपर्दछ जस्तै, घिउ, तेल, बोसो, जाँड, रक्सी आदि ।
१३. सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोगबाट बच्नुपर्दछ ।
१४. भुटेको, तारेको वा मसलायुक्त खानेकरा सकभर प्रयोग नगर्ने ।
१५. चिया र मासुका प्रकार मुटुका लागि खासै फाईदाजनक छैन् । त्यसैले एकदम कम प्रयोग गरेको राम्रो ।
१६. आफ्नो मुटुको ख्याल राख्ने व्यक्तिले चिकित्सक कहाँ औषधी उपचारको लागि देखाउन जाँदा आफुले खान हुने नहुने खाध पदार्थकोजानकारी समेत लिनुपर्दछ ।
[ मेरो यही लेख जनहित खबरमा पनि ! हेर्नलाई यहाँ क्लिक गर्नुहोला । ]
मुटु मानिसको सबैभन्दा महत्वपुर्ण अङ्ग हो, जसको ढुकढुकीमा मानिसको जीवन अडेको हुन्छ । यदि हामीले अस्वस्थकर खानेकुराखायौ भने त्यही मुटुमा विभिन्न किसिमका रोग र समस्याहरुले सताउने गर्दछन् । त्यसैले मुटुसम्बन्धी रोग र समस्याहरुबाट बच्नकोलागि सर्वप्रथम खानपानमा नै ध्यान दिनुपर्छ, जसको लागि हामीमा मुटुका लागि स्वस्थकर खानेकुराहरुको बारेमा चेतना हुनआवश्यक छ । बजारमा आइरहेका तैयारी खाध पदार्थलगाएत विभिन्न खाध पदार्थमा सुधार ल्याउनमा जनचेतना नभईकन मुटु रोगरोकथाम (prevention) सफल पार्न सकिदैन् ।

१. मुटुका लागि समेत फाइदा हुने भनि विज्ञापन गरी चिजविज बिक्रि गर्दछन् । तर कतिसम्म यो तथ्य ठीक हो भनि पत्ता लगाएर मात्रवा आफुलाई विश्वास नभईकन प्रयोग नगर्ने ।
२. बजारमा आकर्षक ढङ्गले छ्याप(छ्याप्ती देखापरिरहेका खाध वस्तुउपर सजक हुनुपर्दछ । सजिलो, राम्रो र मिठोभन्दैमा आफ्नो स्वास्थ्यलाई हानी पुर्याउने fast food,junk food मा बानी बसाल्नु ठीक हुदैन् ।
३. बजारमा पाईने तरकारी, फलफुल आदि उत्पादन गर्दा र भण्डारण गर्दा Pisticide जस्तो chemical को प्रयोग गरिएको हुन्छ, जुनमुटुका लागि हानिकारक हुन्छ । त्यसैले सकेसम्म आफ्नै घरवरिपरि अथवा करेसाबारीमा प्राङ्गारिक (Organic) मल राखी आफलाईचाहिने तरकारी उमार्ने गर्नुपर्दछ ।
४. स्कुल जाने केटाकेटीहरुलाई Lunch अथवा दिउँसोको खाना खाजा बाहिर आफुखसी किनेर खान नलगाउने कर्तव्य अभिभावकको हो। त्यसैले सकेसम्म Tiffin box मा घरमा बनेको खाना खाजा राखेर पठाउने ।
५. स्कुल प्राङ्गणवरिपरि विद्यार्थीहरुलाई लोभ लाग्ने किसिमको गुणहीन खानेुराहरु बिक्री गर्न ल्याइराखेको देखेमा स्कुल प्रशासनलाईभनेर हटाउन लगाउनुपर्दछ ।
६. स्कुल जाने उमेरका अधिकांश बालबच्चाहरुलाई Rheumatic Heart Disease लाग्न सक्ने हुदाँ यसबाट बचाउनको लागि पहिले नैहोसियार हुनुपर्दछ ।
७. बजारमा पाइने घिउ, तेलको प्रयोग एकदम कम गर्ने । शरीरको लागि न्युनतम चिल्लो पदार्थ चामल, मकै, गेडागडी, दुध, दहीबाट नैप्राप्त हुन्छ ।
८. चर्को नुन खान बानी भए त्यसलाई हताउनुपर्छ । किनकी बढी नुन खानाले मुटुजन्य रोग लाग्नुका साथै कलेजो, मिर्गौलालाई समेतहानि पुर्याउछ ।
९. बजारमा पाइने चामल, मकै, कोदो, दाल, गेडागुडीहरुमा किरा लाग्नबाट बचाउन गोदाममा प्रसस्तै किटनाशक विषहरु छरेको, राखेकोहुन्छ । तसर्थ बजारबाट ल्याउने यस्ता खाध पदार्थ प्रयोग गर्दा सफा पानीले राम्ररी पखालेर मात्र प्रयोग गर्नुपर्दछ ।
१०. चिनी, सखर, चक्लेटजस्ता गुलियो पदार्थ एकदम कम प्रयोग गर्नुपर्दछ । यसले चिनी रोग निम्त्याउछ र पछि गएर मुटुलाई असरपु¥याउछ । चिनी रोगीहरुलाई झन गुलियो खानै हुदैन् ।
११. शाकाहारी हुनु मुटुका लागि एकदम फाईदाजनक छ । रेशादार (Fibre) युक्त खानेकरा र हरियो सागपात बढी प्रयोग गर्नुपर्दछ ।
१२. उच्च रक्तचाप निम्त्याउने खानेकुराबाट बच्नुपर्दछ जस्तै, घिउ, तेल, बोसो, जाँड, रक्सी आदि ।
१३. सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोगबाट बच्नुपर्दछ ।
१४. भुटेको, तारेको वा मसलायुक्त खानेकरा सकभर प्रयोग नगर्ने ।
१५. चिया र मासुका प्रकार मुटुका लागि खासै फाईदाजनक छैन् । त्यसैले एकदम कम प्रयोग गरेको राम्रो ।
१६. आफ्नो मुटुको ख्याल राख्ने व्यक्तिले चिकित्सक कहाँ औषधी उपचारको लागि देखाउन जाँदा आफुले खान हुने नहुने खाध पदार्थकोजानकारी समेत लिनुपर्दछ ।
[ मेरो यही लेख जनहित खबरमा पनि ! हेर्नलाई यहाँ क्लिक गर्नुहोला । ]
No comments:
Post a Comment