Wednesday, April 1, 2015

विश्व अटिजम सचेतना दिवस मनाईदै

आज अप्रिल २ अर्थात आठौ " विश्व अटिजम सचेतना दिवस" वितेका वर्षहरुमाजस्तै संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाईदै छ । ‘अटिजम’ जसलाई नेपालीमाआवृत्तीय व्यवहार’ भनिन्छ । यो जन्मजात हुने, नशा र तन्तुको बिकासको क्रममा आएको असामानताको एउटा रुप हो । जसलाई हामी “Neurodevelopment Disorder” भनेर चिन्दछौं । अटिजमको Prevalance बढ्दो देखिएको छ। हरेक ८८ जना बलकमध्ये एकजना बालकमा अटिजमको निदान (Diagnosis) हुने प्रमाणित छ। सँयुक्त राष्ट्र संघ र विश्व स्वास्थ संगठनले अटिजमलाई “Public Health Crisis” को संज्ञा पनि दिइएको छ ।


यो एक जटिल समस्या पनि हो धेरै जसो  अटिजम भएका व्यक्तिहरुमा रुढिबद्ध अथवा घरी-घरी दोहोरिने व्यवहार देखापर्दछ जसलाई अंग्रेजिमा "रिपिटिटिभ विहिवियर" भनिन्छ आवृत्तीय व्यवहार मानिसले कुनै सोच विचार बिना गर्दछ एक अनुसन्धान अनुसार अटिजम भएका मानिसहरुले आफ्नो जिवनमा परिवर्तन चाहदैन्न अर्थात एकै प्रकारको क्रियाकलाप वा व्यवहार दोर्याई राख्न रुचाउछन् । आवृत्तीय व्यवहार किन हुन्छ भन्ने पुर्ण जनकारी नभए पनि यो मुख्यत: अति संवेदनशिलतको कारणबाट हुने गर्दछ ।

अटिजम रोग होईन एक मस्तिषकको बिशेष अवस्था हो । अतिजम भएका बालबालिका अति चकचक गर्ने वा निष्क्रिय रहने, आफूले जानेर केही गर्न नसक्ने, अरुसंग नखेल्ने, बोलाउँदा नबोल्ने, कान नसुने जस्तो गर्ने, कुनै काम राम्रो संग गर्न नसक्ने, एउटै कुरा दोहोर्याइरहने, चोटपटक लाग्दा पनि प्रतिक्रिया नदिने, टाउको हल्लाउने अथवा ठोक्काउने, शरीर वा हातखुट्टा हल्लाई रहने जस्ता समस्या हुन्छन् । अटिजमको निदान गर्न विश्वभरि DSM- IV/V criteria प्रयोग गरिन्छ । यसको निदानका औजारहरु पनि निकै फस्टाइसकेका छन् । त्यसैले हामी माझमा केहि पनि बच्चाको उमेर सुहाउदो भाषा विकास, सामाजिक सम्बन्ध धुलमिल हुन कठिनाई जस्ता लक्ष्णहरु देखा परेमा सिघ्र बाल बिशेषज्ञ, मनोचिकित्सक वा बाल मनो बैज्ञानिकसंग सल्लाह लिन जरुरी छ ।


अटिजमको अदृश्यपन नै यसको सबैभन्दा ठूलो चुनौती हो यो आजीवन रहने अपाङ्गता पनि हो त्यसैले यसको समयमै उपयुक्त निदान गर्नुपर्दछ, यसको लागि परिवार वा अभिभवकको पनि ठूलो भुमिका रहन्छ साथै नेपालमा पनि अटिजमको अवस्था समस्याहरुलाई ध्यानमा राखी सुहाउँदो निती, नियम ऐनको संरचना हुनु / गर्नु आजको ठूलो आवश्यकता हो

[ English Article हेर्न/पढ्न चाहनु हुन्छ भने यहाँ   Click Autism  गर्नुहोस् ! ]

No comments:

Post a Comment