आज मार्च २४, अर्थात विश्व क्षयरोग दिवस नेपालमा पनि सरकारसहित विभिन्न सरोकारवाला संघसंस्थाहरुद्धारा "छुटेका सबै क्षयरोगका बिरामीलाई खोजौ, उपचार गरी निको पारौ ।" भन्ने मुल नाराका साथ विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाईदै छ । क्षयरोग एक सङ्क्रामक (सरुवा) रोग हो, जुन माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुको कारणले लाग्दछ । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणु जर्मन वैज्ञानिक डा. रबर्ट कक्ले सन् १८८२ मा पत्ता लगाए का थिए भने त्यसको ठिक एक सय वर्षपछि अर्थात सन् १९९२ मार्च २४ देखि विश्व क्षयरोग दिवस मनाउन थालिएको हो ।
संसारभरि करिब १ अरब ७० करोड मानिसहरु क्षयरोगका किटाणुबाट संक्रमित भएका छन् । जस मध्य करिब १ करोड २० लाख मानिसहरु क्षयरोगबाट पिडित छन् । प्रतिबर्ष करिब ८६ लाख नयाँ क्षयरोगका बिरामीहरु थपिने गर्दछन् जसको ९०% क्षयरोगका बिरामीहरु नेपालजस्तो विकासोन्मुख देशमा बसोबास गर्दछन् । प्रतिवर्ष करिव १३ लाख मानिसहरुको क्षयरोगको कारणले मृत्यु हुने गर्दछ । नेपालमा क्षयरोग निको हुने दर राम्रो भएतापनि अझै वार्षिक रूपमा करिब १० हजार क्षयरोगका विरामी उपचारमा आउन नसकेको अनुमान रहेको छ । कुल वयस्क जनसंख्याको ६०% मानिसहरु कुनै न कुनै समय क्षयरोगका किटाणुबाट संक्रमित भएका छन्, त्यसमध्ये करिब ८० हजार देखि ९० हजार मानिसहरु क्षयरोगबाट पिडित छन् र प्रत्येक बर्ष करिब ४५ हजार नयाँ बिरामीहरु थपिराखेका छन् । क्षयरोगबाट नेपालमा वार्षिक करिब पाँचदेखि सात हजार जनाको मृत्यु हुने गरेको छ ।
यो रोगको किटाणुहरु क्षयरोग भएका बिरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा वाहिरी वतावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा सर्दछ । क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन् । यस रोगको माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने कीटाणुले शरीरका कुनै अंग, जस्तै– ग्रन्थी, पेट, आन्द्रा, छाला, गिदी बाहिरको झिल्ली मेनिन्जेज, हाड, जोर्नीका साथै विशेषगरी फोक्सोमा संक्रमण
गर्नसक्छ । क्षयरोग मुख्यत २ प्रकारको छ : फोक्सोको क्षयरोग र फोक्सो बाहेक शरीरका अन्य भागमा लाग्ने क्षयरोग । यो रोगबाट मुख्यत : बालक, वृद्ध, खकारमा पोजिटिभ भएका बिरामीको सम्पर्कमा आउने व्यक्ति, धुमपान र मध्पान गर्ने ब्यक्ति, बढी जनघनत्व भएका क्षेत्रमा बस्ने मानिस, शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएका व्यक्तिहरु बढि प्रभबित हुने गरेका छन । लगातार खोकी लागिरहने, मानिस दुव्लाउँदै जाने, बेलुकीपख ज्वरो आउने, खाना रुची नहुने, छाती दुख्ने, रगत मिसिएको खकार आउने, पखाला लाग्ने, वान्ता आउने, शरीर चिलाउने, कलेजो तथा फियो सुन्निने, एक्सरेबाट फोक्सोमा जताततै दानाजस्ता दागहरु (१-५ मि.मि.सम्म साइज भएका) देखिने आदि क्षयरोगका मुख्य लक्षणहरु हुन् । यस रोगको निदान लक्ष्ण तथा चिह्न, माइक्रोस्कोपद्धारा खकारको परिक्षण, मण्टुक्सटेष्ट, एक्स-रे, Fine Needle Aspiration Cytology (FNAC), वायोप्सी, कल्चर परीक्षण आदीबाट गरेन्छ ।
नियमित रुपमा औषधी सेवन गरे क्षयरोग पूर्ण रुपमा निको हुने रोग हो । नेपालमा क्षयरोग नियन्त्रणका कार्यक्रमको एक परिणाममुखी प्रभाबकारी रणनीति ‘प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधी खुवाउने प्रविधि (डट्स)’ सन् १९९६ मा ४ जिल्ला (भक्तपुर, पर्सा, नवलपरासी र कैलाली) मा कार्यक्रमको रुपमा लागु भएको थियो । क्षयरोग नियन्त्रण गर्नका लागि सरकारले ७५ वटै जिल्लामा डट्स उपचार केन्द्र स्थापना गरेको छ । नेपालमा डट्स प्रविधिबाट क्षयरोगको निःशुल्क औषधी वितरण सुरु भएपछि क्षयरोगबाट मृत्यु हुनेको संख्या घटेको छ । नेपाल सरकारले सन २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मुलन राष्ट्र बनाउने घोषणा गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्र, सार्क क्षयरोग केन्द्र र सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपाललाई क्षयरोग उन्मुलन देश बनाउने अभियान चलाएका छन् । सामाजिक लाज, डरको कारण समाजमा लुकेर बसेका अझै बढी बिरामी पनि हुन सक्ने अनुमान छ ।
त्यसैले क्षयरोग हावाको माध्ययमबाट सर्ने सरुवा रोग हो । यदि नियमित रुपमा औषधी सेवन गरे क्षयरोग पूर्ण रुपमा निको हुने रोग हो । नेपाल सरकारले यस रोग विरुद्धमा अति प्रभाबकारी औषधीहरु नि:शुल्क वितरणको लागि उपलब्ध गराएको छ । क्षयरोगको खकार परिक्षण नेपाल सरकारबाट नि:शुल्क हुने भएकोले समयमा नै खकार परिक्षण गराउ, क्षयरोग भए नियमित औषधीको सेवन गरौ, सन् २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मुलन राष्ट्र बनाउने लक्ष्यमा सहभागी बनौ ।
- तेजिन्द्र राना मगर
देविस्थान-७, म्याग्दी
हाल : लिटिल बुद्ध कलेज अफ हेल्थ साईन्स, काठमाण्डौ
संसारभरि करिब १ अरब ७० करोड मानिसहरु क्षयरोगका किटाणुबाट संक्रमित भएका छन् । जस मध्य करिब १ करोड २० लाख मानिसहरु क्षयरोगबाट पिडित छन् । प्रतिबर्ष करिब ८६ लाख नयाँ क्षयरोगका बिरामीहरु थपिने गर्दछन् जसको ९०% क्षयरोगका बिरामीहरु नेपालजस्तो विकासोन्मुख देशमा बसोबास गर्दछन् । प्रतिवर्ष करिव १३ लाख मानिसहरुको क्षयरोगको कारणले मृत्यु हुने गर्दछ । नेपालमा क्षयरोग निको हुने दर राम्रो भएतापनि अझै वार्षिक रूपमा करिब १० हजार क्षयरोगका विरामी उपचारमा आउन नसकेको अनुमान रहेको छ । कुल वयस्क जनसंख्याको ६०% मानिसहरु कुनै न कुनै समय क्षयरोगका किटाणुबाट संक्रमित भएका छन्, त्यसमध्ये करिब ८० हजार देखि ९० हजार मानिसहरु क्षयरोगबाट पिडित छन् र प्रत्येक बर्ष करिब ४५ हजार नयाँ बिरामीहरु थपिराखेका छन् । क्षयरोगबाट नेपालमा वार्षिक करिब पाँचदेखि सात हजार जनाको मृत्यु हुने गरेको छ ।
यो रोगको किटाणुहरु क्षयरोग भएका बिरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा वाहिरी वतावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा सर्दछ । क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन् । यस रोगको माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने कीटाणुले शरीरका कुनै अंग, जस्तै– ग्रन्थी, पेट, आन्द्रा, छाला, गिदी बाहिरको झिल्ली मेनिन्जेज, हाड, जोर्नीका साथै विशेषगरी फोक्सोमा संक्रमण
![]() |
क्षयरोगको एक्सरे |
नियमित रुपमा औषधी सेवन गरे क्षयरोग पूर्ण रुपमा निको हुने रोग हो । नेपालमा क्षयरोग नियन्त्रणका कार्यक्रमको एक परिणाममुखी प्रभाबकारी रणनीति ‘प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधी खुवाउने प्रविधि (डट्स)’ सन् १९९६ मा ४ जिल्ला (भक्तपुर, पर्सा, नवलपरासी र कैलाली) मा कार्यक्रमको रुपमा लागु भएको थियो । क्षयरोग नियन्त्रण गर्नका लागि सरकारले ७५ वटै जिल्लामा डट्स उपचार केन्द्र स्थापना गरेको छ । नेपालमा डट्स प्रविधिबाट क्षयरोगको निःशुल्क औषधी वितरण सुरु भएपछि क्षयरोगबाट मृत्यु हुनेको संख्या घटेको छ । नेपाल सरकारले सन २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मुलन राष्ट्र बनाउने घोषणा गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्र, सार्क क्षयरोग केन्द्र र सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपाललाई क्षयरोग उन्मुलन देश बनाउने अभियान चलाएका छन् । सामाजिक लाज, डरको कारण समाजमा लुकेर बसेका अझै बढी बिरामी पनि हुन सक्ने अनुमान छ ।
त्यसैले क्षयरोग हावाको माध्ययमबाट सर्ने सरुवा रोग हो । यदि नियमित रुपमा औषधी सेवन गरे क्षयरोग पूर्ण रुपमा निको हुने रोग हो । नेपाल सरकारले यस रोग विरुद्धमा अति प्रभाबकारी औषधीहरु नि:शुल्क वितरणको लागि उपलब्ध गराएको छ । क्षयरोगको खकार परिक्षण नेपाल सरकारबाट नि:शुल्क हुने भएकोले समयमा नै खकार परिक्षण गराउ, क्षयरोग भए नियमित औषधीको सेवन गरौ, सन् २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मुलन राष्ट्र बनाउने लक्ष्यमा सहभागी बनौ ।
- तेजिन्द्र राना मगर
देविस्थान-७, म्याग्दी
हाल : लिटिल बुद्ध कलेज अफ हेल्थ साईन्स, काठमाण्डौ
No comments:
Post a Comment