Tuesday, March 24, 2015

तिमी हिड्ने म हिड्ने

तिमी हिड्ने म हिड्ने, बाटो फरक भएपनि
तिमी अनि मैले टेक्ने, माटो फरक भएपनि

दु:ख परे सम्झिनु, साथी बनि साथ दिउला
तिम्रो र मेरो जीवनको, पाटो फरक भएपनि

एकान्तमा भेट्यौ भने, 'तँ' भनी बोलाउनु
तिम्रो र मेरो बोलाउने, नातो फरक भएपनि

झुकिएर बोले भने कतै, रिसाएर नभाग्नु है
तिम्रो र मेरो पहिलेका, फाटो फरक भएपनि

तिमी हिड्ने म हिड्ने, बाटो फरक भएपनि
तिमी अनि मैले टेक्ने, माटो फरक भएपनि

रचना मिति : २०७१-१२-१० मंगलबार ]

No comments:

Post a Comment