Saturday, March 21, 2015

गजल

आमा तिम्लाई झुपडीको खर, लर्केर सताउँछ रे
साहुले ॠणको भारी सुनाउँदै, थर्केर सताउँछ रे

सँगै हुँदाखेरी अघि-पछि गर्ने ती साथीहरु पनि
नाना-थरीका कुराहरु सुनाई, तर्केर सताउँछ रे

दिनभरी खेतबारी नधाई खान-लाउन नपुग्दा
वर्षात यामका ती झरीहरुले, दर्केर सताउँछ रे

सधै आँसुले नै भिज्छन् रे तिम्रा ती आँखाहरु
खाँदा-खाँदै मेरा ती यादहरुले, सर्केर सताउँछ रे

ठुलो मान्छे हुन्छ अब मेरो प्यारो छोरो भन्थ्यौ
पुरा नहुँदै सजएका सपनाहरु, छर्केर सताउँछ रे

[ लेखक : तेजिन्द्र राना मगर
रचना मिति : २०७१-१२-०६ शुक्रबार

No comments:

Post a Comment