Wednesday, June 25, 2014

आँशुले निभाएको मैनबत्ती

एकजना केटा र केटि एक अर्का लाई खुबै माया गर्थे !
दुर्भाग्यबश केटीको निधन भयो ..
त्यस कारण केटो धेरै नै दुखि र चिन्तित भयो !
आफ्नो आँखा बाट बग्ने आँशुको धारा रोक्न सकेन....
दिन रात रोएको रोयै गर्न थाल्यो !
मान्छेहरु उसलाई सान्त्वना दिन्थे तर
कसैले पनि उसको आँशु रोक्न
सकेन , एक रात उसले सपना देख्यो !
स्वर्गमा उसकी प्रेमिका अनि उसका धेरै
एकै उमेरका साथीहरु पनि सबै केटीहरु
परीको पोशाकमा थिए अनि सबै संग हातमा मैनबत्ती,
तर उसकी प्रेमिकाको हातमा भने
निभेको मैनबत्ती थियो .....!
र उसले सोध्यो :
" किन तिम्रो हातमा चै निभेको मैनबत्ती?"
उसले भनि :
" जब म candle बाल्छु तिमीले
रोएको आँशुले यसलाई निभाईदिन्छ !
कृपया रुन छोड ..!!!"



No comments:

Post a Comment