डोर्याउन सक्दैनौ भने, हात नदिनु
चसक्क मुटु विझाउने, बात नदिनु
लडिसकेछु म तिम्रो साथ माग्दै गर्दा
अझै झर्ने र लड्नेगरि, लात नदिनु
दिन पनि रातझैँ लागिसकेको बेलामा
औँसिको त्यो अन्धकार, रात नदिनु
समाजले पनि पल-पल मार्दै छ अझै
जहर मिसाएर खिलाउने, भात नदिनु
तिम्रै यादमा त्यसै त म तड्पिरहेछु
यो भन्दा ठुलो मलाई, घात नदिनु !!!
No comments:
Post a Comment