साह्रै दुख्दो रै'छ मन-मुटु दुखाए पछि
जिर्ण घाउ नि सुक्दो रै'छ सुकाए पछि
नजिकको दैव हेला झै गर्यौ साथमा हुदाँ
अब भनेर के अर्थ सबै कुरा चुकाए पछि
मेरो दिलबाट तिम्रो तस्विर हटाउनु पर्यो
तिम्रै दिलमा अर्कैको तस्विर लुकाए पछि
तिमी कता, म कता एक्ला-एक्लै भईयो
कठोर समयले नै हाम्रो डोरी फुकाए पछि
को आफ्नो हो को विरानो चिन्नै नसकिने
आफ्नैले अविश्वासको टाउको झुकाए पछि
जिर्ण घाउ नि सुक्दो रै'छ सुकाए पछि
नजिकको दैव हेला झै गर्यौ साथमा हुदाँ
अब भनेर के अर्थ सबै कुरा चुकाए पछि
मेरो दिलबाट तिम्रो तस्विर हटाउनु पर्यो
तिम्रै दिलमा अर्कैको तस्विर लुकाए पछि
तिमी कता, म कता एक्ला-एक्लै भईयो
कठोर समयले नै हाम्रो डोरी फुकाए पछि
को आफ्नो हो को विरानो चिन्नै नसकिने
आफ्नैले अविश्वासको टाउको झुकाए पछि
No comments:
Post a Comment