Yel Yam Dee
नसा रैछ क्यारे तिम्रो माया लाएपछि थाहा भो
सुस्तरि यो मन तिमीतिर धाएपछि थाहा भो
कसरि पोख्नु यो दुनियाँ सामु मायाका कुरा
तिमि र म एक्ला एक्लै भएपछि थाहा भो
Tejin Rana
लाउँदा-लाउँदै प्रेम पनि नशा भएछ
मनै-मनले बोल्ने एउटा भाषा भएछ
प्रेमको रहस्य दुनियाँसामु नखोल्नु है
भन्दा-भन्दै छुट्टिनु पर्ने दशा भएछ
Yel Yam Dee
प्रेम र नशा उस्तै उस्तै लाग्न थल्यो अचेल
बिस्तरै यो मनबाट डर भाग्न थाल्यो अचेल
स्वर्थि छ यो दुनिया,जान्दैन मायाको कुरा
तिमिप्रति भित्रैबाट माया जाग्न थल्यो अचेल
Tejin Rana
प्रेम र नशा उस्तै लाग्नेको भर हुदैन्
भर नहुने मान्छेहरुको यहाँ डर हुदैन्
दुनियाँ स्वार्थी छ, बेलैमा होस गर
पिपल बिनाको एक्लो त्यो वर हुदैन्
Yel Yam Dee
भर नभै यहा प्रेमको लहर हुदैन
डर बिनाको सुन्दर सन्सार हुदैन
समय संगै चल्दै छ यो दुनिया
यक्लो भयर जिबन काट्ने रहर हुदैन
Tejin Rana
प्रेम र नशा उस्तै लाग्नेले भरको कुरा नगर
सुन्दर संसार बसाउनमा नि डरको कुरा नगर
समय अनुसार नचलेर कहाँ हुन्छ र यहाँ
एक्लै जिवन कात्नुपर्ने त्यो करको कुरा नगर
(आत्मिय मित्र लक्ष्मण ढकालसँगको फेसबुक मुक्तक दोहोरी, २०७०/१२/०७)
नसा रैछ क्यारे तिम्रो माया लाएपछि थाहा भो
सुस्तरि यो मन तिमीतिर धाएपछि थाहा भो
कसरि पोख्नु यो दुनियाँ सामु मायाका कुरा
तिमि र म एक्ला एक्लै भएपछि थाहा भो
Tejin Rana
लाउँदा-लाउँदै प्रेम पनि नशा भएछ
मनै-मनले बोल्ने एउटा भाषा भएछ
प्रेमको रहस्य दुनियाँसामु नखोल्नु है
भन्दा-भन्दै छुट्टिनु पर्ने दशा भएछ
Yel Yam Dee
प्रेम र नशा उस्तै उस्तै लाग्न थल्यो अचेल
बिस्तरै यो मनबाट डर भाग्न थाल्यो अचेल
स्वर्थि छ यो दुनिया,जान्दैन मायाको कुरा
तिमिप्रति भित्रैबाट माया जाग्न थल्यो अचेल
Tejin Rana
प्रेम र नशा उस्तै लाग्नेको भर हुदैन्
भर नहुने मान्छेहरुको यहाँ डर हुदैन्
दुनियाँ स्वार्थी छ, बेलैमा होस गर
पिपल बिनाको एक्लो त्यो वर हुदैन्
Yel Yam Dee
भर नभै यहा प्रेमको लहर हुदैन
डर बिनाको सुन्दर सन्सार हुदैन
समय संगै चल्दै छ यो दुनिया
यक्लो भयर जिबन काट्ने रहर हुदैन
Tejin Rana
प्रेम र नशा उस्तै लाग्नेले भरको कुरा नगर
सुन्दर संसार बसाउनमा नि डरको कुरा नगर
समय अनुसार नचलेर कहाँ हुन्छ र यहाँ
एक्लै जिवन कात्नुपर्ने त्यो करको कुरा नगर
(आत्मिय मित्र लक्ष्मण ढकालसँगको फेसबुक मुक्तक दोहोरी, २०७०/१२/०७)
No comments:
Post a Comment