Monday, March 24, 2014

गजल

पल-पल तड्पाएर मलाई, मार्ने तिमी हौ
भित्र हाँस्ने बाहिर आँशु, झार्ने तिमी हौ

अँगालो हालेजस्तै गरि, तिखो छुरा हानेर
बिच बाटोमा नै आघात, पार्ने तिमी हौ

मेरो मनको बगैचाबाट, सुन्दर फूल तिपी
आफ्नो मनमा काँडेतारले, बार्ने तिमी हौ

लक्ष्य हाम्रो एउटै थियो, सपना पनि एउटै
हिड्दा-हिड्दै अन्तै बाटो, सार्ने तिमी हौ

आँखा लोभी मन पापी, भनेजस्तै गरिकन
बनवटी प्रेमको झाराली, तार्ने तिमी हौ

No comments:

Post a Comment