Sunday, March 30, 2014

पकेटमार (मन छुने कथा)

म बसबाट ओर्लेपछी थाहा भयो कि मेरो पकेट काटिएको रहेछ ।
पकेटमा मैले आमालाई लेखेको चिट्ठी र ५०० रुपैया थियो ।

चिट्ठीमा मैले लेखेको थिएँ-
''आमा मेरो नोकरी छुट्यो अब केहि दिन तपाईंलाई पैसा पठाउन

सक्दिनँ । यही ५०० ले काम चलाउदै गर्नु होला । नपुगेमा सापटी
गरेर चलाउनु होला ।''

आमालाई अर्को चिट्ठी पठाउन सकेको थिइनँ । मेरो ५०० रुपैया
गुमिसकेको थियो । हुन त ५०० रुपैया ठुलो कुरो त होइन तर जगिर
छुटेको मान्छेलाई त्यो ५०० पनि ५००० भन्दा कम हुँदैन ।
 

केहि दिन पछी मैले आमाको चिट्ठी पाएँ । चिट्ठी खोल्नु भन्दा पहिला
मैले सोचेँ- पक्कै पनि पैसा पठाउन भनेर लेख्नु भयो होला । तर चिट्ठी
पढ्दा म दङ्ग परेँ । चिट्ठीमा लेखेको थियो-
''छोरा तैले पठाएको १००० रुपैयाँ मेरो हात पर्यो । तैले मेरो कती धेरै
ख्याल राख्छस है।''
 

मेरो मनमा खुल्दुली हुन थाल्यो ।
आखिर कस्ले पठायो होला आमालाई पैसा ?

केहि दिन पछी मलाई अर्को चिट्ठी हात पर्यो ! जसमा लेखेको थियो-
''तिम्रो ५०० र मेरो ५०० रुपैयाँ गरेर १००० रुपैया तिम्रो आमालाई

पठाएको छु । चिन्ता नगर । आमा त सबैको एउटै हुन्छिन नि होईन र ?
आमा भोकै बसेको कस्ले हेर्न सक्छ र !
उही तिम्रो,
पकेटमार.. !!!''


[ नोट : आखिर मनै त हो, चोर भएपनि उसको मन साह्रै निस्चल रहेछ ।
हुन त, आफ्नो रहरले कोही पनि चोर हुदैन्, चोर त समाजले बनाएको हुन्छ । ]

No comments:

Post a Comment