मालिका गाउँपालिका वडा न ५ देविस्थानका १५ महिनादेखि १५ वर्ष मुनिका ८१७ जना बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्दको खोप लगाईने भएको छ । विधालय जाने ७३३ जना र विधालय नजाने ८४ जना बालबालिकाहरुलाई यही २०७८ चैत्र २५ देखि २०७९ बैशाख १८ गतेसम्म संचालन हुने अभियानमा सो खोप लगाउन लागिएको हो ।
अभियानको मिति र स्थान पछि सुचित गरिनेछ । सम्पूर्ण अभिभावकहरुलाई नजिकको पायक पर्ने खोप केन्द्रमा लागि आफ्नो बालबालिकालाई टाइफाइड रोगबाट सुरक्षित राख्न अनुरोध गर्दछौ ।
विधालय जाने बालबालिकाहरु :
मालिका आधारभूत विधालय = ४१ जना
भिम माध्यमिक विधालय = २०९ जना
प्रतिनर्मा आधारभूत विधालय = ७३ जना
गौ बोमबस्त माध्यमिक विधालय = २७२ जना
सिद्धार्थ बोर्डिङ्ग स्कुल = ८६ जना
लक्ष्मी आधारभूत विधालय = ३३ जना
सरस्वती आधारभूत विधालय = १९ जना
जम्मा = ७३३ जना
विधालय नजाने बालबालिकाहरु :
साविक वडा नं १ = १० जना
साविक वडा नं २ = ३ जना
साविक वडा नं ३ = ७ जना
साविक वडा नं ४ = ९ जना
साविक वडा नं ५ = १४ जना
साविक वडा नं ६ = २७ जना
साविक वडा नं ७ = ७ जना
साविक वडा नं ८ = ७ जना
साविक वडा नं ९ = ० जना
जम्मा = ८४ जना